चितवन विशेष
भरतपुरमा नेविसंघले जलायो मोदी र ओलीको पुत्ला

चितवन, जेठ ५–
ईन्द्रेणी कलेज नेविसंघ ईकाइले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । नेविसंघ चितवनकी उपाध्यक्ष विनिता चापागाईको उपस्थ्तििमा भरतपुर–१० नहर चोक सडकमा नेविंसंघले पुत्ला जलाएको हो ।
सो क्रममा बोल्दै नेतृ चापागाईले देश रोग र भोकले कायल भइरहेको बेला सरकार मस्त निन्द्रामा रहेको आरोप लगाइन् ।
कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्ष अनमोल अधिकारी, रोशन बस्नेत, नेविसंघ चितवनका सह–सचिव रविन खतिवडा, जिल्ला सदस्य कुमार जोशी, नरेश प्रसाद भट्ट, प्रेसिडेन्सी कलेजका ईकाई अध्यक्ष लोमस क्षेत्री, प्रेरणा कलेजका नेविसंघ संयोजक सन्देश न्यौपाने, नेविसंघ वीरेन्द्रका सह–सचिव सुवास पौडेल, प्राविधिक विद्यार्थी परिषद् चितवनका सह–सचिव सोनाम लिम्बू, सुरेन्द्र तिमल्सिना लगायतको विद्यार्थी नेताहरूको उपस्थिति रहेको इन्द्रेणी कलेज ईकाइ सभापति तथा कार्यक्रम संयोजक रबिन क्षत्रीले जानकारी दिए ।