Breaking News
कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ
०
काभ्रे, जेठ ५–
नेपालमा पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रणबाट मृत्यु भएकी महिलाको परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकस्थित बाह्रविसे–९ की २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>