Breaking News
आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५–
आज (सोमबार) विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालिका–२, ३, ६ र ९ निवासी २१ देखि ३० वर्ष उमेर समूहका सात जना पुरुष र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् । यसैगरी बाराको करैयामाइ–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कुल ३०४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । यस्तै कोरोनाबाट दुई जनाको मृत्यु समेत भइसकेको छ ।