मनोरञ्जन

अमेरिकन आइडलको फाइनलमा पुगे दिवेस पोखरेल

Banner

काठमाडौं, जेठ ५–

नेपाली मुलका युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेसले टप ५ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भए ।

दिवेशको फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>