समाचार
प्रधानमन्त्रीद्वारा कोभिड –१९ बाट निधन भएकाप्रति दुःख व्यक्त
०

काठमाडौँ, जेठ ४-
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”
उहाँले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृत्यु भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>