Breaking News

भारतबाट आएका थिए रौतहटका १० संक्रमित

Banner

रौतहट, जेठ ४–

रौतहटमा आज (आइतबार) बिहान कोरोना संक्रमण पुष्टि भएका १० जना नै भारतबाट आएको खुलेको छ ।

उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो ।

प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>