Breaking News

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सुरक्षा निकायको रोहबरमा दाहसंस्कार गर्ने तयारी

Banner

काठमाडौं, जेठ ३–

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक सुत्केरी महिलाको सुरक्षा निकायको रोहबरमा दाहसंस्कार गरिने भएको छ । पहिलो परीक्षणमा कोरोना संक्रमण देखिएपछि ती महिलाको कार्यविधि अनुसार सुरक्षा निकायको रोहबरमा दाह संस्कार गर्न लागिएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको कसरी दाह संस्कार गर्ने भन्ने बारे बनेको कार्यविधिमा कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था उल्लेख छ । सोही अनुरुप ती महिलाको सुरक्षा निकायको रोहबरमा दाह संस्कार गर्ने तयारी थालिएको हो ।

ती महिलाको पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा दाह संस्कार गर्ने तयारी छ । ती धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भने गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>