Breaking News

नेपाली सेनाको दुई जनामा पनि देखियो कोरोना संक्रमण

Banner

काठमाडौं, जेठ ३–

नेपाल प्रहरी, सशस्त्र प्रहरी हुँदै नेपाली सेनाका दुई जनामा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>