Breaking News

आजदेखि जिल्लाभित्रमा पनि पास भएका सवारी साधन चल्न नपाउने

Banner

चितवन, जेठ ३–

आज (शनिबार)देखि जिल्लाभित्रमा पनि पास भएका सवारी सधान चल्न नपाउने भएको छ ।

गृहमन्त्रालयले शनिबारदेखि लागू हुने गरी सबै प्रकारका पास रद्द गर्दै जिल्ला भित्रमा पनि संचालन हुनमा रोक लगाएको हो । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्लामा जारी भएका पास मात्रै खारेज गरेको थियो । तर जिल्लाभित्रमा पनि कोरोनाको उच्च जोखिम देखिएपछि गृहले जिल्ला भित्रै चल्न पाउने गरी बाडिएको अनुमति पत्र (पास) पनि खारेज गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिएको गृहमन्त्रालयका केदारनाथ शर्माले बताए । चितवनमा जेठ १ गतेदेखि नै कडाई गरिएको छ । अब जिल्लाभित्रका पास पनि खारेज भएकाले थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । चितवन प्रवेश गर्ने मुख्य नाकाहरु नारायणी पुल, लोथर, इच्छाकामनामा थप कडाई गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>