Breaking News

दाङका एक कोरोना संक्रमित काठमाडौंमै, टिचिङ अस्पतालमा कार्यरत

Banner

काठमाडौं, जेठ ३–

शुक्रबार पहिलोपटक दाङमा तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । ती मध्ये दुई जना दाङमै छन् भने एक जना काठमाडौंमा रहेको खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी ३४ वर्षीय ती संक्रमित पुरुष काठमाडौंमा रहेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनका अनुसार ती पुरुष काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>