चितवन विशेष
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
०

चितवन, जेठ २–
पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख छ । यस्तै झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य अगाडि बढाइनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>