कालिका
चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्रका लागि पूर्वाधार बनाइने
०

चितवन, जेठ २–
सरकारले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।
सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जिल्लामासहित चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताएकी छिन् ।
कालिका नगरपालिकाको शक्तिखोरमा चितवन उद्योग संघले औद्योगिक क्षेत्र निर्माण गर्न माग गरेपछि सरकारले आवश्यक प्रक्रिया अघि बढाई सकेको छ । सरकारले यसपटक पनि नीति तथा कार्यक्रममै समेटेपछि औद्योगिक क्षेत्र निर्माणले तिव्रता पाउने विश्वास गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>