Breaking News
भरतपुर अस्पताललाई पाँच सय शैयाको विशेषज्ञ अस्पताल बनाइने
०

चितवन, जेठ २–
सरकारले चितवनको भरतपुर अस्पताललाई पाँच सय शैयाको विशेषज्ञ अस्पताल बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज निती तथा कार्यक्रम सार्वजनिक गर्दै देशकै मध्यभागमा रहेको भरतपुर अस्पताललाई पाँच सयको विशेषज्ञ अस्पताल बनाउन लागिएको जानकारी दिइन् ।
उनले भनिन्–‘स्तरोन्नती गर्ने काम भइरहेको छ, भरतपुर अस्पताललाई पाँच सय शैयाको विशेषज्ञ अस्पताल बनाइने छ ।’ भरतपुर अस्पताल संघीय सरकार मातहातमा रहेको छ । यस अस्पताल हाल तीन सय शैयाको स्वीकृति पाएको छ । तर दरबन्दीको अभावका कारण डेढ सय शैयामा संचालित छ ।
अस्पतालमा पुरानै दरबन्दी भएकाले पूर्ण क्षमतामा संचालनमा ल्याउनका लागि सरकारले शैया वृद्धिसंगै दरबन्दी थप्न आवश्यक देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>