Breaking News
लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस
०

काठमाडौं, जेठ २–
चैत ११ गतेदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गरिएको छ । आज (शुक्रबार) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पछिल्लोपटक थपिएको लकडाउनको अवधि यही जेठ ५ गते सकिदैछ । त्यसपछि लकडाउको मोडालिटी परिवर्तन गर्न सिफारिस गरिएको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>