Breaking News
कोरोना संक्रमित अस्पतालबाट भागे प्रहरीले गोली चलाउन सक्ने

पर्सा, जेठ २-
कोरोना भाइरसले संक्रमित भइ उपचार गराईरहेका बिरामी अस्पतालको आइसोलेशनबाट भागे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्नेछन् ।
संक्रमित भई अस्पतालको आईसोलेशनमा उपचारको लागि अस्पतालमा भर्ना भएका संक्रमित भागेको खण्डमा त्यस्ता संक्रमितलाई नियन्त्रण्मा लिन अधिकतम बल प्रयोग गरिने तथा सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने अधिकार प्रदान गर्ने जिल्ला संकट व्यस्थापन समिति पर्साले निर्णय गरेको छ ।
गत बुधबार नारायणी अस्पतालको आईसोलेशनमा कोरोना संक्रमित दुई जना शौचालय जाने बहानामा भेन्टिलशन फोरेर भागेको घटनालाई विश्लेषण गर्दै अब उपरान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सर्तकता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवशयकता अनुसार बल प्रयोग गर्ने र गोलीसमेत चलाउन सक्ने अधिकार दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।