समाचार

१० कन्टेनर स्वास्थ्य सामग्री खासामा आइपुग्यो

Banner

मेलम्ची, जेठ २-

सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उहाँले बताउनुभयो । सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>