Breaking News

काठमाडौं, धादिङ र धनुषामा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

Banner

काठमाडौं, जेठ १–

काठमाडौं, धादिङ र जनकपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर धनुषा निवासी १७ वर्षीया युवती र धादिङ निवासी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

यससंगै आज मात्रै संक्रमितको संख्या ६ जना पुगेको छ । यसअघि दिउँसो नवलपरासी देवचुली नगरपालिका–१२ निवासी ४९ वर्षीय पुरुष, विहान काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>