चितवन विशेष

अनेरास्ववियूले चितवनले मनायो ५५ औं स्थापना दिवस, ८५५ जनाले गरे रक्तदान

Banner

चितवन, जेठ १–

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) चितवनले ५५ औं स्थापना दिवस रक्तदान गरेर मनाएको छ । अनेरास्ववियू जिल्ला कमिटी र राष्ट्रिय युवा संघ जिल्ला कमिटी चितवनले संयुक्त रुपमा चरण रक्तदान कार्यक्रम गरेको छ ।

आज स्थापना दिवस मनाउँदै गर्दा कुल ८५५ जनाले रक्तदान गरेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए । दिवसकै अवसरमा आठ स्थानमा रक्तदान गरिएको थियो । जसअनुरुप भरतपुर–१ रामनगरमा गरिएको कार्यक्रममा ८१ जना, भरतपुर–१० मा ६१, भरतपुर–११ मा ८७ जना, भरतपुर–१२ मा ८१ जना, भरतपुर–२४ मा १२५ जना, रत्ननगर नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा १९३ जना र आज (बिहीबार) जनआर्दश बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा १२८ जनाले रक्तदान गरेको संयोजक आचार्यले जानकारी दिए ।

हरेक वर्ष जेठ १ गते स्थापना मनाउने गरिएको छ । यसपटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अन्य कार्यक्रम नगरी रक्तदान कार्यक्रम गरिएको सहसंयोजक वसन्त आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>