समाचार

नेपालका २ सय ४६ कोरोना संक्रमितमध्ये ६ जना सुरक्षाकर्मी

Banner

काठमाडौं, जेठ १-

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २ सय ११ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४६ पुग्दा ६ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ३ र एक जना राष्ट्रिय अनुसन्धानका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

बुधबार कपिलवस्तुमा मात्रै ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियाे । उनीहरु कृष्णनगरको बोर्डरमा कार्यरत थिए ।

कपिलवस्तुमा संक्रमण देखिएकामा नेपाल प्रहरीका एक जना सहायक निरीक्षक (सई), एक हवल्दार, सशस्त्रका सहायक निरीक्षक (सई) र राष्ट्रिय अनुसन्धानका एक जना रहेका छन्। संक्रमित चारै जना कृष्णनगर नाकामा कार्यरत थिए ।

उनीहरुमा भारतबाट आएका व्यक्तिबाट संक्रमण भएको अनुमान गरिएको छ।

सशस्त्रका अरु दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एक र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा कार्यरत एक जना जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>