समाचार
क्वारेन्टाइनबाट युवती फरार
०

राजापुर, जेठ १-
बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो ।
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>