Breaking News

चितवनमा परीक्षण गर्दा देवचुलीका एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, जेठ १–

पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ । कुल संक्रमितको संख्या २४६ पुगेको छ ।

संक्रमित पुरुष अहिले भरतुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका प्रमुख मेसु डा.श्रीराम तिवारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>