Breaking News
काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत बालिकामा कोरोना देखियो, अस्पताललाई गरियो शील
०

काठमाडौं, जेठ १–
काठमाडौंको त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज (बिहीबार) बिहान कोरोना पोजिटिभ देखिएकी बालिका अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।
यससंगै अस्पताललाई अहिले शील गरिएको छ । बालिकामा कोरोना पोजिटिभ देखिएकपछि त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>