विजनेश

लकडाउनमा थप कडाई, भोलिदेखि सिमित बैंक मात्रै खोल्न पाइने

Banner

काठमाडौं, वैशाख ३१–

एकाएक कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनमा थप कडाईन गरिने भएको छ । लकडाउनको अवधिमा धेरै भिडभाड देखिएको बैंक तथा वित्तिय क्षेत्रमा थप कडाई गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको निर्णयपछि बैंक तथा वित्तीय संस्थाहरु खुल्न थालेका थिए ।

बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने जानकारी दिए । सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।

ढकालका अनुसार राष्ट्र बैंकले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।

यसैगरी फाइनान्स कम्पनीहरुलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरुलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>