Breaking News

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

Banner

काठमाडौं, वैशाख ३१–

बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २१८ पुगेको छ ।

धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके नेपालगञ्ज वडा नं.८ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>