Breaking News
भारतमा कोरोना भाइरसका कारण २ हजार ४१५ जनाको मृत्यु, ७४ हजारभन्दा बढी संक्रमित
०

काठमाडौं, बैशाख ३१-
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।
भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने ७४ हजार २९२ जनालाई संक्रमण भएको छ । त्यहाँ २४ हजार ४२० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै भारतमा मंगलवार मात्रै ३ हजार ५२४ जना नयाँ संक्रमित थपिएका थिए भने मंगलवार नै १२१ जनाको मृत्यु भएको छ ।
विश्वमा २ लाख ९२ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ४२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख २ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ३४२ जनाको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>