Breaking News

आजै थप २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

Banner

काठमाडौं, वैशाख ३०–

आज (मंगलबार) राती थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २१७ पुगेको छ । यस पटक संघीय राजधानी काठमाडौंमा एक, भक्तपुरमा २, पर्सामा १८, महोत्तरीमा २, धनुषामा २ र सर्लाहीमा एक जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) राती विज्ञप्ती जारी गर्दै २६ जनामा नयाँ संक्रमण पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पर्सा जिल्लामा मात्रै थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ देखी ६० वर्ष उमेर समूहका महिला र १६ वर्षदेखि ६१ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

यस्तै महोत्तरीमा दुई जनामा संक्रमण पुष्टि भएको छ । जहाँ १६ र ३५ वर्षका पुरुष छन् । त्यस्तै धनुषामा पनि २० वर्षीया महिला र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भक्तपुरमा २५ वर्षीय महिला र २७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौंमा ३३ वर्षीय महिला र सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

यसअघि आजै (मंगलबार) दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>