चितवन विशेष
पत्रकारहरुको कोरोना परीक्षण गर्न प्रेस संगठन चितवनको माग

चितवन, वैशाख ३०–
प्रेस संगठन चितवनले पत्रकारहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न माग गरेको छ। प्रेस संगठन चितवनले आज (मंगलबार) जारी गरेको विज्ञप्तीमा मंगलबार वीरगञ्जमा पत्रकारमा कोरोना संक्रमण पुष्टि भएकोमा चिन्ता व्यक्त गरिएको छ ।
शाखाका संयोजक प्रकाशमणि ज्ञवाली र सहसंयोजक तीर्थ नेपालले जारी गरेको विज्ञप्तीमा संक्रमित पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष ध्यान दिन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार मात्रै वीरगञ्जमा पत्रकार साथीहरूमा संक्रमण पुष्टि भएको खबरले प्रेस संगठन चितवन अत्यन्तै गम्भीर र दुखी बनेको छ। संक्रमित पत्रकार साथीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’ संगठनले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
विषम परिस्थितिमा पत्रकारलाई सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन र कुनै पनि वहानामा कामबाट नहटाउन, पारिश्रमिक कटौती नगर्न संचारमाध्यम संचालक समक्ष पनिआग्रह समेत गरेको छ ।