समाचार
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा डिस्चार्ज
०

रुपन्देही, बैशाख ३०-
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा मंगलबार डिस्चार्ज भएका छन् । कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।
शुक्रबार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको हो । उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>