स्वास्थ्य
प्यूठानमा ११ जनामा आरडीटी रिपोर्ट पोजिटिभ
०

प्यूठान, वैशाख ३०–
प्यूठानमा ११ जनामा एन्टिबडी पोजिटिभ देखिएको छ ।
प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा उनीहरुको एन्टिबडी पोजिटिभ देखिएको हो ।
क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कोरोना एन्टिबडी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>