Breaking News

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Banner

कपिलवस्तु, वैशाख ३०–

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

तौलिहवा अस्पतालमा कार्यरत एक २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । अन्य ८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>