अन्तर्राष्ट्रिय

चीनमा फेरी कोरोना त्रास, शुलान शहरमा गरियो ‘लकडाउन’

Banner

काठमाडौं, वैशाख २९–

चीनमा फेरि कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिएको छ ।

कोरोनाको संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको हो । तर, महिलाले हालै कुनै मुलुकको यात्रा गरेकी थिइनन् ।

यससँगै चीनले यो सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ । साथै सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ । शुलान जिलिङ प्रान्तको एक सहर हो । स्रोतः बिबिसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>