Breaking News

भीआईपीका सुरक्षाकर्मीलाई सीमामा खटाइने

Banner

काठमाडौं, वैशाख २९–

भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी सिमा सुरक्षामा खटिने भएका छन् । सरकारले भीआईपीको सुरक्षाबाट हटाएर सीमाको सुरक्षाका लागि खटाउने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत यस्तो निर्णय गरिएको ज्ञवालीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>