चितवन विशेष

महामारीको बेला गर्ने रिपोर्टिङ बारे अनलाइनबाटै पत्रकारलाई तालिम

Banner

चितवन, वैशाख २८–

सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिद्धारा संचालित सत्यकलम डिजिटल संचारको आयोजनामा आइतबार पत्रकारहरुका लागि महामारीका बेला गर्ने रिपोर्टिङ बारे अनलाइनबाटै अन्तरक्रिया गरिएको छ ।

जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाइन मार्फत संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सहभागी पत्रकारहरुलाई महामारीको बेलामा गरिने रिपोर्टिङ र अपनाउनु पर्ने साबधानीका बारेमा प्रशिक्षण दिएका थिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिए । “यस्तो बेलामा जोखिम त छदैछ, त्यो भन्दा पनि रिपोटिङ्ग गर्ने विषयवस्तु, स्थान लगायतका कुरा पहिचान गर्न पनि गार्‍हो हुन्छ” उनले भने “यस्तो बेला निकै चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्छ, सत्य र तथ्य सूचना दिने कुरामा पत्रकार चुक्नुहुदैन ।” पोख्रेलले महामारीका बेलामा केही स्वार्थी समूहले पत्रकारहरुलाइ प्रयोग गर्न सक्ने भन्दै त्यस विषयमा सचेत हुन आग्रह गरे । करिव २ घण्टा चलेको सो कार्यक्रममा पत्रकार पोख्रेलले लकडाउनको रिपोटिङ्ग अनुभव, पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु, विपद्को बेलामा पत्रकारहरुको भुमिका, काम कर्तव्यलगायतका विषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए ।

चितवन र नवलपुर जिल्लाका गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा पत्रत्रकारहरुले रिपोटिङ्ग गर्ने विषय, अपनाउनुपर्ने सावधानी, पत्रकार र स्थानीय तह बीचको सम्बन्ध लगायतका विषयमा जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाको पोख्रेलले जवाफ दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार डोलराज रानाभाटले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । “अरु विषय वस्तुमा भुलेर बस्नु भन्दा आफ्नै विषयमा इन्टरनेटको सहायताले धेरै कुरा जान्ने अवसर पाईयो, यसले थप कुरा सिक्न सहयोग गरेको छ”– रानाभाटले भने ।

आयोजक संस्था सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले पत्रकारहरुका लागि अनलाइन छलफल र तालिम चलाउँदा प्रभावकारी हुने ठानेर यस कार्यक्रमको संयोजन गरेको बताए । कार्यक्रममा सहभागीहरुले व्यक्त गरेको प्रतिक्रियाले आफु अत्यन्त उत्साहित भएको भन्दै बस्ताकोटीले आगामी दिनमा पनि यस्तै डिजिटल कक्षा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालि ६ महिना अघि स्थापना भई चितवन र नवलपुरमा केन्द्रित रहेर आफ्नो गतिविधि संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>