देश/प्रदेश

कोहलपुरमा स्वाब संकलन शुरु

Banner

कोहलपुर, वैशाख २८–

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन शुरु गरिएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर ४ बेलनपुरमा मदरसा हिमालय गरीब नवाज प्राविमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरु गरेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरु गरिएको र परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>