चितवन विशेष

चितवनका प्रजातन्त्रका सेनानी पाठकको निधन

Banner

चितवन, वैशाख २७–

प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको आज (शनिबार) निधन भएको छ । ९० वर्षीय पाठकको शनिबार दिउँसो आफ्नै निवास गीतानगरमा निधन भएको हो ।

पाठक लामो समय देखि अस्वस्थ थिए । पञ्चायतकालमा नेपाली काँग्रेस गीतानगर गाउँकमिटिको संस्थापक सदस्य भई संगठन विस्तारमा लागेका पाठकको निधनले सिंगो पार्टीलाई क्षति पगेको काँग्रेस चितवनका सचिब राजीब न्यौपानेले बताए । संगठन विस्तारसंगै आवश्यक सूचनाहरु पार्टीलाई दिने काम गर्ने पाठकको पार्थिव शरीरमा काँग्रेस चितवनका सचिव न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाएका थिए।

पर्वतको पाङ्ग्राङ्मा वि.सं. १९८७ सालमा जन्मिएका पाठकको एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>