Breaking News

एक सातापछि संचालनमा आयो भरतपुर कोरोना परीक्षण प्रयोगशाला

Banner

चितवन, वैशाख २७–

कीट अभावका कारण एक साता भन्दा बढी समयदेखि बन्द रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला आज (शनिबार)देखि संचालनमा आएको छ ।

सरकारले कीट उपलब्ध गराएपछि बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबको आज परीक्षण सुरु गरिएको छ । प्रयोगशालाको व्यवस्थापन गरिरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले सरकारले कीट उपलब्ध गराउने वित्तिकै परीक्षण कार्यालय अघि बढाईएको जानकारी दिए । उनका अनुसार अहिले प्रयोगशालालाई एक हजार तीन सय वटा कीट प्राप्त भएको छ ।

शनिबार ४६ वटा नमुना परीक्षण सुरु गरिएको पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>