नवलपरासी
परासीमा पिसिआर विधिबाट कोरोना परीक्षण
०

नवलपरासी, वैशाख २७–
नवलपरासी (बर्दघाट) सुस्ता पश्चिममा पिसिआर विधिबाट दोस्रो चरणको कोरोना संक्रमण परीक्षण शुरु गरिएको छ ।
परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये आज ३८ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको हो ।
दोस्रो चरणमा १५० जनाको कोरोना संक्रमण परीक्षण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा १३ संस्थागत क्वारेन्टाइनमा रहेका २०७ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । तीमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>