इच्छकामना

चितवनमा सामाजिक सुरक्षा भत्ता गाउँ गाउँबाट वितरण

Banner

मुग्लिन, वैशाख २७-

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले सातवटै वडाका गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । सामाजिक दूरी कायम गर्दै वडाध्यक्ष ,सचिवलगायत कर्मचारी पुगी भत्ता वितरण गरेका हुन् ।

भौलिक दृष्टिकोणले दुर्गम रहेका कारण वृद्धवृद्धा वडा कार्यालयसम्म भत्ता लिन आउन कठिनाइ हुने भएकाले गाउँपालिकाले सो भत्ता गाउँ गाउँमै पुगी वितरण शुरु भएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

सरकारको निर्देशनअनुसार बैंक खातामार्फत वितरण गर्ने तयारी गरे पनि लकडाउनका कारण टोल टोलमै गई सो भत्ता वितरण कार्यलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङले भन्नुभयो, “इच्छाकामना गाउँपालिका विकट भूगोल भएकाले विशेषगरी वृद्धवृद्धा वडा कार्यालयसम्म पनि आउन कठिनाइ हुने भएकाले हामीले गाउँ गाउँमै पुगेर भत्ता वितरण गर्ने गरिरहेका थियौँ तर संघीय सरकारको निर्देशनअनुसार यस वर्षदेखि बैंक खातामार्फत वितरण गर्ने तयारी गरेका थियौँ तर लकडाउनका कारण यसपटक पनि टोल टोलमै पुगेर भत्ता वितरण गरेका छौँ ।”

घर घरमा पुगेर स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रमसमेत जारी राखेको गाउँपालिकाले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>