नवलपुर
नवलपुरमा क्रियाशिल पत्रकार महिलाले बाड्यो प्रेस ज्याकेट

नवलपुर, वैशाख २७–
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीले जिल्लाका महिला पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरेको छ ।
विश्वभर फौलिएको कोराना भाईरस (कोभिड १९) बाट सुरक्षित हुन देशमा भएको लडकडाउनको समयमा पनि जिल्लाका विभिन्न संचारमाध्यममा समाचार शाखामा निरन्तर रुपमा काममा खटिएका महिला पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको हो ।
जिल्लाभित्र सक्रिय रुपमा काम गर्ने धेरै महिला पत्रकारहरु छन् । लकडाउनका कारण कतिपय पत्रकारहरु कार्यालय आउने वातावरण नहुँदा बिदामा रहेकाले अहिलेको विषम परिस्थितीमा पनि समाचार कक्षमा समाचार वाचन र फिल्डमा खटिरहेका महिला पत्रकारहरुलाई लक्षित गरेर ज्याकेट वितरण गरेको संस्थाकी अध्यक्ष धनु भुषालले जानकारी दिईन् ।
कार्यालय आउँदा–जादा प्रेसको चिनारी रुपमा आवश्यक पर्ने ज्याकेट लगाउँदा सुरक्षित हुने भएकाले वितरण गरिएको संस्थाकी अध्यक्ष भुषालले बताईन् । लकडाउनको समयमा कतिपय जिल्लाहरुमा पत्रकारमाथी दुव्र्यवहारका घटनाहरु भईरहेकाले त्यस्ता घटनाबाट सुरक्षित हुन ज्याकेट प्रदान गरिएको भुषालले जानकारी दिईन् । कोराना भाइरसको जोखिम न्यूनीकरण भएर समय अनुकूल भएपछि जिल्लाका अन्य त्रियाशिल पत्रकार महिलाहरुलाई पनि ज्याकेट वितरण गर्ने भुषालको भनाई छ ।
देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकामा रहेका रेडियो र टेलिभिजनमा समाचार शाखामा कार्यरत महिला पत्रकारहरुलाई संस्थाकी अध्यक्ष भुषाल र उपाध्यक्ष ज्ञानु पंगेनी संचार संस्थामै पुगेर ज्याकेट वितरण गरेका हुन् । हुप्सेकोट गाउँपालिकाको सहयोगमा सो ज्याकेट वितरण गरिएको हो ।