Breaking News

अमेरिकामा कोरोना भाइरसले ७८ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या १३ लाख २० हजार

Banner

काठमाडौं, बैशाख २७–

कोरोना भाइरसको महामारीले अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>