Breaking News
बिहीबार कोरोना परीक्षण गरिएका सांसदलगायत ४४१ मा देखिएन कोरोना
०

काठमाडौं, बैशाख २६-
कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
संघीय संसदका सांसद र त्यहाँका कर्मचारीहरुमध्ये विहिबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।
उनीहरुको रिपोर्ट शुक्रबार मध्यान्ह आएको हो ।
१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ ।
बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाकाे स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै गरिएकाे थियाे ।
शुक्रबार राष्ट्रिय प्रयाेगशाला टेकु पठाइएकाहरुको साँझसम्म रिपोर्ट आइपुग्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>