चितवन विशेष

लियो क्लव अफ गीतानगरको अध्यक्षमा ओझा

Banner

चितवन, वैशाख २५–

लियो क्लव अफ गीतानगरको वर्ष २०२०/२१ को अध्यक्षमा संजिव ओझा चयन भएका छन् ।

कोरोनो संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै अनलाइन प्रविधिमार्फत गरिएको १६ औं शाखा अधिवेशले ओझाको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा विवेक पोख्रेल, सचिवमा श्याम विश्वकर्मा र कोषाध्यक्षमा शिव शर्मालाई सर्वसम्मत रुपमा चयन भएका छन् । बाँकी कार्यसमितिका सदस्यहरु भने क्लवको पहिलो बैठकले चयन गर्नेछ ।

नयाँ कार्यसमितिलाई पुनःएक विशेष कार्यक्रमका बीच पद हस्तान्तरण गरिनेछ । अनलाइन मार्फतनै क्लवका पूर्व अध्यक्ष विकास श्रेष्ठ, आशिष दाहाल र निर्वतमान अध्यक्ष विशाल कोइरालाले निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल जुलाई महिनादेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>