चितवन विशेष

नारायणी पुलबाट हाम फाल्दा एक वृद्ध बेपत्ता

Banner

चितवन, वैशाख २५–

आज (बिहीबार) विहान नारायणी पुलबाट हाम फाल्दा एक जना वृद्ध बेपत्ता भएका छन् ।

विहान ८ बजेको समयमा भरतपुर महानगरपालिका–५ निवासी ७३ वर्षीय धनपति भुषाल नारायणी बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । स्थानीयका अनुसार ती वृद्धले गैंडाकोटतर्फबाट पुलबाट नदीमा हाम फालेका थिए ।

वृद्धको अखिले खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी पुलबाट हामफाल्ने क्रम बढ्दै गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>