Breaking News
नेपाल छिर्न खोज्ने भारतीयले सशस्त्रको चेकपोस्टमा आक्रमण गरेपछि हवाई फायर

काठमाडौं, बैशाख २५-
नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ ।
बाराको कबहीगोठमा बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले सीमानामा रहेको सशस्त्रको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरीले जानकारी दिए । उनले ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बताएका छन् ।
यसअघि पनि भारतबाट नेपालमा प्रवेश गर्न खोज्नेहरुले विभिन्न चेकपेस्टमा आक्रमण गरेका थिए । भारतमा कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएपछि पछिल्लो समय भारतीयहरु नेपालतर्फ आइरहेका छन् ।
घटनास्थलमा अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले उनीहरुलाई सम्झाइ–बुझाइ गरेर फर्काउने प्रयास गरिरहेका छन्। बाराका प्रहरी प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ जाँदै गरेको छ ।