Breaking News

चितवनका नेता अनिल शर्मालगायतका नेतालाई रिहा गर्न विप्लवको माग

Banner

चितवन, वैशाख २५–

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै गिरफ्तारमा परेका पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतलाई रिहा गर्न माग गरेका हुन् ।

उपचारका लागि अस्पताल पुगेका ‘विरही’ मंगलबार चितवनबाट पक्राउ परेका थिए । सोही दिन नै सुवेदी पनि चितवनबाट गिरफ्तारमा परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>