देश/प्रदेश
आज बुद्धजयन्तीमा सार्वजनिक बिदा
०

काठमाडौं, वैशाख २५–
सरकारले बुद्ध जयन्तीका दिन आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (ण्वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । –रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>