देश/प्रदेश
नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
०

काठमाडौं, वैशाख २४–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि (बिहीबार)का लागि तय भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकको नयाँ मिति केहीदिनमा तय गरिने जानकारी दिए । शनिबार बसेको सचिवालय बैठकले भोलि २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएपछि बैठक स्थगित गरिएको हो ।
महासचिव पौडेलले प्रस्ताव तयार पार्न नसक्दा बैठक स्थगित गर्नु परेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>