Breaking News

२८१ यात्रु बोकेर अष्ट्रेलियाको सिड्नी उड्यो नेपाल एयरलाइन्स, नेपाल रित्तै फर्किने

Banner

काठमाडौं, वैशाख २४–

नेपाल एयरलाइन्सको वाइडबडी ब्रिसबेनपछि आज (बुधबार) सिड्नी उडेको छ ।

वाइडबडी ए३३० जहाज पूर्ण क्षमतामा यात्रु बोकेर अष्ट्रेलियाको सिड्नीका लागि उडेको हो । त्रिभुवन विमानस्थलबाट बुधबार सवा एक बजे उडेको यो जहाजमा अष्टे्रलिया र न्यूजिल्याण्ड २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ ।

यो जहाज सिड्नी पुगेर नेपाल भने रित्तै र्फकनेछ । कोरोना भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ । नेपाल एयरलाइन्सको यो दोस्रो अष्टे्रलिया उडान हो ।

यस्तै नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज भने आजै चीनको बेइजिङ उड्ने भएको छ । निजी व्यवसायीले मेडिकल सामान भित्राउन यो जहाज चार्टर्ड गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>