देश/प्रदेश

भोलि साँझ दीप प्रज्वलन गर्ने सरकारको निर्णय

Banner

काठमाडौं, वैशाख २४–

सरकारले भोलि (बिहीबार) साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ।

आज (बुधबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको हो । भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारले सबैमा आग्रह गरेको छ ।

यस्तै सोही बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। नेपालमा हाल ८२ जनामा कोरोना संक्रमण भएको छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>