Breaking News

लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय

Banner

काठमाडौं, वैशाख २४–

सरकारले लकडाउनको अवधि १० दिन बढाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाएको हो ।

चैत ११ गतेदेखि जारी लकडाउन भोलि वैशाख २५ गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>